मकवानपुर उद्योग वाणिज्य संघ मत परिणामः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०८१ पुष २८,आईतवार ०८:४७

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोद सिं रानाभाट निर्वाचित भएका छन् । उनले १ हजार १४ मत पाउँदा अर्का उम्मेदवार अनिल अग्रवालले ७६५ मत पाएका थिए ।

त्यस्तै महासचिव पदमा प्रतिमा श्रेष्ठ विजयी भएकी छिन् । उनले १ हजार १२ मत पाउँदा प्रतिस्पर्धी अर्का उम्मेदवार विकेशलाल श्रेष्ठले ७१३ मत पाएका छन् ।

वाणिज्यतर्फको उपाध्यक्ष पदमा राजु अधिकारी निर्वाचित भएका छन् । उनले ५९९ मत पाउँदा प्रतिस्पर्धी उम्मेदवार रामप्रसाद न्यौपानेले ४८४ मत पाए ।

त्यस्तै उद्योगतर्फको उपाध्यक्ष पदमा दीपक उप्रेती २७२ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी रविन्द्रप्रसाद घिमिरेले २४० मत पाएका हुन् ।

एशोसिएटतर्फको उपाध्यक्ष पदमा उज्वल चौलागाईँ निर्वाचित भएका छन् । उनले ४८ मत पाउँदा प्रतिस्पर्धी विष्णु खनालले ३३ मत पाएका हुन् ।

बस्तुगत तर्फको उपाध्यक्ष पदमा काव्यमणि अधिकारी १५ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी प्रदीप अर्यालले ११ मत पाएका थिए ।

हेर्नुहोस् कसले कति मत पाए ?

अध्यक्ष
प्रमोदसिं रानाभाट १०१४ (विजयी)
अनिल अग्रवाल ७६५

महासचिव
विकेशलाल श्रेष्ठ ७१३
प्रतिमा श्रेष्ठ १०१२ विजयी

कोषाध्यक्ष
श्रीकृष्ण कर्माचार्य (भाई) ८०१
तेजराज अधिकारी ९१७ (विजयी)

सहकोषाध्यक्ष

निलम वैद्य ९१६ विजयी
राधिका सामरी पाण्डे ७८१

वाणिज्यतर्फ
उपाध्यक्ष

राजु अधिकारी ५९९ (विजयी)
रामप्रसाद न्यौपाने ४८४

सचिव
कुलप्रसाद चौलागाई ६८४ (विजयी)
दिवस पराजुली ४११

सदस्यहरु (संख्या ४)

राजेन्द्र लामिछाने (राजेश) ५५० (विजयी)
रविन ढकाल ३३४
सन्तोष घिमिरे ६१६ (विजयी)
विष्णुप्रसाद दाहाल ५६० (विजयी)
बालकृष्ण बजगाई ६४६ (विजयी)
राजदेव बनियाँ ५०९
यज्ञबहादुर राय ३११
होमनाथ खनाल (रोशन) ३९४

उद्योगतर्फ
उपाध्यक्ष

दीपक उप्रेती २७२ (विजयी)
रवीन्द्रप्रसाद घिमिरे २४०

सदस्य (संख्या३)
कृष्णगोपाल महर्जन २८८ (विजयी)
कृष्णराज कोइराला २५३
जगदिश दाहाल २७३ (विजयी)
दीपक शिवाकोटी २४७
भुपेन्द्रप्रसाद अधिकारी ३०७ (विजयी)

महिला आरक्षणतर्फ

मेनका श्रेष्ठ २२५

सीतादेवी भेटवाल २९५ (विजयी)

एशोसियटतर्फ
उपाध्यक्ष

विष्णु खनाल ३३
उज्वल चौलागाई ४८ (विजयी)

सदस्य (संख्या २)
अंकिता सुमार्गी ५४ (विजयी)
नवराज खतिवडा ६४ (विजयी)
पुजन विडारी ३८

वस्तुगततर्फ
उपाध्यक्ष

प्रदीप अर्याल ११
काव्यमणि अधिकारी १५ (विजयी)

सचिव
राजाराम कार्की १३ (बराबर अंक)
नेत्रप्रसाद खतिवडा १३ (बराबर अंक)

सदस्य (संख्या १)
कृष्णप्रसाद अर्याल ११
गोविन्द चौलागाई ३
राजु नेपाल —
शम्भु पुडासैनी १२ (विजयी)