एमाले र माओवादीसँग वार्ता गर्दै वामदेव

तु खबर संवाददाता
२०८१ पुष २८,आईतवार १७:४८
file-photo

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले नेकपा एमाले र नेकपा माओवादीसँग वार्ता गर्ने भएको छ । त्यसको लागि अभियानका अध्यक्ष वामदेव गौतमको नेतृत्वमा वार्ता कमिटी गठन गरिएको छ ।

शनिबार बसेको अभियानको बैठकले गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको हो । वार्ता कमिटीमा अभियानका उपाध्यक्षहरू महेन्द्र अर्याल, डिल्लीराज भट्टराई, महासचिव डीबी कार्की, सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेका छन् ।

उनले आवश्यकता अनुसार वार्ता कमिटीले तीन वटै पार्टीसँग औपचारिक वार्ता गर्दै जाने बताए । गौतमले यसअघि नेकपा एकीकृत समाजवादीसँग एकताका लागि पटक पटक वार्ता गरेका थिए ।

वार्ताका क्रममा गौतमलाई वरिष्ठ नेता बनाउन सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल समेत तयार भइसकेको थिए । तर, पछिल्लो समय फेरि तीनवटै पार्टीसँग एकता गर्न वार्ता कमिटी गठन गरेपछि एकीकृत समाजवादीसँग तत्काल एकता नहुने बुझिइएको छ ।