कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशक (नीति तर्फ) मा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।
तनहुँका उनलाई बुधबार प्रतिष्ठान प्रमुख समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले निर्देशकमा नियुक्त गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टी सचिव पौडेलका अनुसार, नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पोखरेललाई नियुक्त गरिएको हो ।
पोखरेललाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम उक्त नियुक्त गरिएको सचिव पौडेलले बताए ।