राष्ट्रपति पौडेलद्वारा भूमी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमी सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।
मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तीमध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भूमी सम्बन्धी अध्यादेशमा भूमी सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ ।