मकवानपुरगढीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुँदै

तु खबर संवाददाता
२०८१ माघ ३,बिहीबार १७:१६

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा तामाङ सामुदायको महान चाड २८६१ (डुल ल्हो) सोनाम ल्होसारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ ।

कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुरगढी गाउँपालिकाले आयोजना गर्न लागेको हो । सो बारे बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा घेदुङ मकवानपुरगढीका अध्यक्ष एवम् कार्यक्रम संयोजक सानुकान्छा थिङले साँस्कृतिक कार्यक्रम मकवानपुरगढी गाउँपालिका वडा नम्वर २, कुलेदमार चौरमा हुने जानकारी दिए ।

तामाङ जातीको मौलिक संस्कार–सँस्कृति, भेषभूषा र भाषाको संरक्षण तथा प्रर्बद्धन गर्ने, तामाङ कलाकारको कलालाई प्रोत्साहन गर्ने र ल्होछार विषयक जागरण गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष थिङले बताए ।

उनका अनुसार, कमार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु क्रमशः प्रकाश तितुङ, फुलकुमार भोम्जन, रेस्मा भोम्जन, ऐलिना रायमाझीलगायतको प्रस्तुती र झाँकी प्रदर्शन हुनेछ ।

कार्यक्रममा स्थानीय स्तरको मौलिक खाना तथा तामाङ समुदायको परिकार स्टल रहेनछ । कार्यक्रममा करिब ६ लाख खर्च हुने अनुमान गरिएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा गाउँ कार्यसमितिका सल्लाहकार राजकुमार गोले, जिल्ला कार्यसमितिका सदस्य आकाश गोले, गाउँ कार्यसमितिका उपाध्यक्ष बिक्रम योञ्जन, सहसचिव भुवन घलान, सदस्य बिक्रम लुङ्गवा, नेपाल पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल आदीवासी जनजाती पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङ, मकवानपुरगढी पत्रकार समाजका सचिव श्रीराम अर्जुन लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।