हेटौंडा १२ र १३ मा समुदाय स्तरीय कानूनी शिक्षा अनुशिक्षण कार्यक्रम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ र १३ मा रहेका टोल विकास संस्था एवम् अन्य संघ–संस्थाका पदाधिकारी एवम् सदस्यहरूको लागि समुदाय स्तरीय कानूनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा भएको हो ।
कार्यक्रम नगर समन्वय समितीका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता तथा वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाको विशेष आतिथ्यतामा भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवम् नगर समन्वय समितीका सल्लाहकार ज्ञानबहादुर थापा, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुङ्गाना, मेलमिलाप केन्द्रका संयोजक एवम् नगर समन्वय समितिका सदस्य यदुवंश खतिवडा, नगर समन्वय समितिका सदस्य राम बहादुर बाईवा, नगर समन्वय समितिका सदस्य एवम् १३ नं वडा समन्वय समितीका अध्यक्ष बालकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानूनी अधिकृत अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत तथा अन्जिता थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा हेटौंडा १२ र १३ नं वडाका ६० जनाको सहभागीता रहेको थियो ।