कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा बडू

तु खबर संवाददाता
२०८१ माघ ३,बिहीबार १७:४४

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले दल अनुशासन समितिको संयोजकमा बडूलाई तोकेको छ ।

यसैगरी, बैठकले अर्थ समितिमा डा.प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ ।

कांग्रेस संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक÷एक जना संयोजक तोक्ने व्यवस्था रहेको र सोही बमोजिक उनीहरुलाई संयोजक तोकेको जनाइएको छ ।