महिला टी–२० विश्‍वकपः नेपाल पराजित

तु खबर संवाददाता
२०८१ माघ ५,शनिबार १५:५४
file-photo

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप अन्तरगत आजको खेलमा नेपाल पराजित भएको छ । नेपाल बंगलादेशसँग पराजित भएको हो । नेपाललाई बंगलादेशले ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् भने अफिया अशिमाले अविजित ९ रन बनाइन् ।

नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक–एक विकेट हात पारेका थिए । उक्त टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० भने रन बनाइन् ।

बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १–१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने‍ भएको छ ।