निर्वाचन आयोगद्वारा स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्ने प्रस्ताव

तु खबर संवाददाता
२०८१ माघ ५,शनिबार १६:०२

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग र्गे प्रस्ताव गरेको छ । आयोगले प्रमुख–उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव राखेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले सो कुराको जानकारी गराएका हुन् । स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने ऐन रहेको भन्दै उनले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई पनि तलमाथि गर्न सकिने बताए ।

छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यो व्यवस्था गर्न सकिने उनले बताए ।