१२.५८ अंक बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अंकले बढेर २ हजार ६०१ दशमलव २१ अंकमा बन्द भएको हो ।
गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७ दशमलव ३३ अंकले घटेर २ हजार ५८८ दशमलव ६२ अंक पुगेको थियो । अघिल्लो दिन बुधबार २ हजार ५८५ दशमलव ८६ अंकमा बन्द भएको थियो ।
आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर रह्यो ।
यसदिन कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ बराबर कारोबार भएको छ ।