राष्ट्रिय परिचयपत्र विरुद्धको रिट सर्वोच्चद्वारा खारेज

तु खबर संवाददाता
२०८१ माघ ६,आईतवार १७:१६

काठमाडौं । राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर भएको रिट निवेदन खारेज गरिएको छ । उक्त रिट सर्वोच्च अदालतले आइतबार खारेज गरेको हो ।

यससँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ । देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरु मारमा पर्न सक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट निवेदन खारेज गरेको थियो ।

सर्वोच्च अदालतले वेवसाइटमार्फत् तीन सदस्यीय पूर्ण इजलासबाट केही निर्देशनात्मक आदेश जारी भएको उल्लेख छ । तर, आदेशको विवरण सार्वजनिक भइनसकेको जनाइएको छ ।