सेयर बजार २६०७ अंकमा कायम

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार १५:४६

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अंक ६ दशमलव ७८ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै २६०७ मा कायम भएको जनाइएको छ ।

यसदिन कारोबार रकममा सामान्य वृद्धि आएको छ । आज ६ अर्ब ५७ करोडको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार भएको थियो ।

यस्तै, ११८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर भयो ।