एमाले सचिवालय बैठक मंगलबार बस्ने
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक मंगलबार बस्ने गरी आह्वान गरिएको छ । बैठक मंगलबार बेलुका ४ बजे बस्ने गरी आह्वान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार, गत पौष तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो ।
सो बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।
सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी समेत गरेको छ ।