अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा १६०० अभियुक्तलाई क्षमादान
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२१ जनवरी ६ को क्यापिटल हिल दंगामा संलग्न करिब एक हजार ६ सय जना अभियुक्तलाई क्षमादान दिएका छन् ।
ट्रम्पको कदमले अधिकांश अभियुक्तले माफी पाएका छन् भन् प्राउड ब्वाइज र ओथ कीपर्स मिलिसियाका १४ सदस्यहरूको सजाय कम भएको छ । जसमा अधिकांश विद्रोहको षड्यन्त्रको आरोपमा दोषी ठहरिएका थिए ।
ट्रम्पले जनवरी ६ को सन्दर्भमा आरोपहरूको सामना गरिरहेका व्यक्तिहरू विरुद्ध बाँकी रहेका सबै पेन्डिङ अभियोगहरू खारेज गर्न कानुन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
ट्रम्पले धेरैजसो अभियुक्तहरूलाई आज राति जेलबाट रिहा गरिने आशा व्यक्त गरे । उनीहरू लामो समयदेखि जेलमा रहेको र उनीहरुलाई ध्वस्त पारिएको ट्रम्पले बताए । ट्रम्पले पूर्ण, र शर्तविहीन माफी दिएका छन् । यी धेरै दंगाकारीहरूले दिन, हप्ता वा महिनासम्म जेलमा विताएका छन् ।