राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

तु खबर संवाददाता
२०८१ माघ ८,मंगलवार १५:४४
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले यही माघ १८ गते दिउँसो १ बजे बस्ने गरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

उनले सरकारको सिफारिस अनुसार दुबै सदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो कार्यालयबाट मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अ धिवेशन आह्वान गरिएको उल्लेख गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।