नेपाल माइक्रो इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता आईपीओ खुल्यो

तु खबर संवाददाता
२०८१ माघ ८,मंगलवार १५:५०
file-photo

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आईपीओ खुलाएको हो ।

यसमा अहिले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने जनाइएको छ ।

सो कम्पनीले आईपीओमा आवेदन दिन यही माघ २२ गतेसम्मका लागि समय तोकिएको छ ।

कम्पनीले यसपछि १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुलाउने पनि जनाएको छ । यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल हो ।