आदिवासी जनजाति आयोगद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८१ माघ ८,मंगलवार १६:०३

काठमाडौं । आदिवासी जनजाति आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको हो ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।

सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।