रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै रवि लामिछाने

तु खबर संवाददाता
२०८१ माघ ९,बुधबार ०९:४५
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेको जनाइएको छ ।

त्यसका लागि उनी हिजै (मंगलबार) विमानस्थल हुँदै भैरहवा पुगेका छन् । लामिछाने आज अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए ।

लामिछानेसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही पुगेको जनाइएको छ ।