राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिले सिईओमा पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका उनले त्रिभूवन विश्वविद्यालयबाट एमए र एमबीएको डिग्री हाँसिल गरेका छन् ।
कम्पनीको सीईओ बन्नका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको थियो ।
सर्टलिष्टमा सुन्दर पन्थीसहित महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव रहेका थिए ।