५२ अंकले बढ्यो सेयर बजार

तु खबर संवाददाता
२०८१ माघ ९,बुधबार १७:४४

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ५२ दशमलव ३६ अंकले बढेको छ ।

उच्च अंकले बजार बढ्दा परिसूचक २६६५ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकममा पनि वृद्धि भएको छ ।

बुधबार ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो भने ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो ।

यस्तै, आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ  ।