भारतमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३ नेपालीको सनाखत

तु खबर संवाददाता
२०८१ माघ १०,बिहीबार ०९:४२

नयाँ दिल्ली । महाराष्ट्रको जलगाउँ जिल्लामा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये हालसम्म ७ जनाको सनाखत भएको छ ।

सनाखत भएकामध्ये तीन जना नेपाली नागरिक रहेको खुल्ल आएको बुझिइएको छ । नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको दुर्घटनामा परेर मृत्यु भएको हो ।

यसैगरी, मृत्यु हुनेमा भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खान रहेका छन् ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य कयौँ घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको जनाइएको छ ।–एजेन्सी