बिहीबार सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजारमा गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से ११ दशमलव १० अंकले घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ ।
त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडमा खुम्चिएको छ ।
८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर भयो ।