अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ १०,बिहीबार १६:५६
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले लागूऔषध खैरो हेराइन १ सय ५० ग्रामसहित भारत घर भएका ३७ वर्षीय गोबिन्द बालालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००६ ख ४७९६ नम्बरको बसमा सवार उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा चन्द्रागिरी नगरपालिका–११ बस्ने २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका–११ बस्ने ३८ वर्षीय बिनोद तामाङको समेत संलग्नता रहेको खुल्न आएपछि निजहरुलाई बा.५१ प ७५५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।