यस्तो रहनेछ आजको मौमस
काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र त्यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
साथै हाल तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै, आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना रहेको छ ।
मधेस, बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रही कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेको छ । ती क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।