सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम

तु खबर संवाददाता
२०८१ माघ ११,शुक्रबार १६:१०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ ।

हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको उक्त समितिले यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

जसनुसार, हिजो माघ १० गते सो समितिले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए । सचिव खुलालले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज (शुक्रबार) पत्रकार भेटघाट तथा बधाई कार्यक्रमको आयोजना गरेको बताए ।

यसैगरी , भोलि माघ १२ गते स्मारक परिसरमा बिहान साढे ७ बजे सरसफाई कार्यक्रम, माघ १३ गते बिहान साढे ७ बजे नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम, माघ १४ गते बिहान साढे ७ गते लखन वाटीका व्यवस्थापन समितिको व्यवस्थापनमा प्रथम सहिद लखन थापा वाटीका हेटौंडा–१२ मा श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै, माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा “लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना, नगर स्तरीय बाल क्लब सहभागी र शिक्षक दौड प्रतियोगिता, शिक्षक संगठनको व्यवस्थापनमा महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता र बागमती प्रदेश सरकारको समन्वयमा माघ १६ गते बिहान साढे ७ बजे प्रभातफेरी, सहिद प्रति सलामी (नेपाल प्रहरी, नेपाली सेना), पुष्पार्पण श्रद्धान्जली सभा र सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने सचिव खुलालले बताए ।

पत्रकार सम्मेलन स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षतामा भएको हो ।