प्रेस सेन्टरमा शर्मा

तु खबर संवाददाता
२०८१ माघ १३,आईतवार ०८:४४

हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा एमपी शर्मा चुनिएका छन् । वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ, नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ, सुरेश बल, कोषाध्यक्षमा राजेश थापा चयन भएका छन् ।

सदस्यमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, आशिष बल, युवराज बिमली, सीता कोइराला, विवेक सिन्तान चयन भएका छन् । थप सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्ने जनाइएको छ ।