आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदनको लागि आज अन्तिम दिन
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
माघ ९ गतेदेखि बिक्री गरिरहेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
तीमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र १ लाख २० हजार कित्ता सार्वजनिक निष्काशन गरेको हो । सार्वजनिक निष्काशनमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
यो ऋणपत्रमा घटीमा २५ कित्ता र बढीमा १ लाख २० हजार कित्ता माग गर्दै आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउने जनाइएको छ ।