ल्होछारको अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन विदा दिने

तु खबर संवाददाता
२०८१ माघ १३,आईतवार १६:०२

मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने भएको छ ।

गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १६, १७ र १८ गते सार्वजनिक विदा दिने निर्णय गरेको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

तामाङ समुदायको बाहुल्यता रहेको भन्दै रहेको उल्लेख गर्दै पालिका अध्यक्ष मल्लले सार्वजनिक विदा दिने निर्णय गरेको बताए ।

तीन दिन सार्वजनिक विदाको समयमा पालिकाभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उनको भनाई छ ।

साथै उनले सो अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलाई स्वास्थ्य, समृद्धि र दीर्घायुको कामनासहित ल्होछारको शुभकामना दिएका छन् ।