एमालेद्वारा संसदीय दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ माघ १३,आईतवार १७:३२

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक मंगलबार दिउसो १ बजे बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार, संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न ससंसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने उनले बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेबाट संघीय संसद्को अधिवेशन आह्वान गरिसकेका छन् ।