आइतबार १०.४१ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ ।
आज नेप्से परिसूचक १० दशमलव ४१ अंकले घटेर २ हजार ६४३ दशमलव ९३ अंकमा झरेको छ । यसदिन बजारमा ९ अर्ब १२ करोड बराबरको कारोबार भएको छ ।
बजारमा आज १२१ कम्पनीको मूल्य घटेको छ भने ११६ कम्पनीको मूल्य बढ्दा १० कम्पनीको मूल्य स्थिर रह्यो ।