सत्तारुढ दलको बैठक बस्दै
काठमाडौं । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक साँझ ५ बजे बस्ने गरी आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, सो बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।
सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी छन् । यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।