स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ १४,सोमबार १३:००

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

उनलाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धाका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।