हेटौंडामा निसन्तानपन भएका दम्पतीको निःशुल्क परीक्षण हुँदै

तु खबर संवाददाता
२०८१ माघ १७,बिहीबार १३:२०

मकवानपुर । मकवानपुरको हेटौंडामा यही माघ १९ गते निसन्तान (बाझोपन) को समस्या रहेका दम्पतीको निःशुल्क परीक्षण गरिने भएको छ ।

सेवा सहयोग र आवाजमा हामी संस्थाको आयोजना तथा प्यासिफिक अस्पताल कुपोन्डोल ललितपुरको सहकार्यमा निःशुल्क परीक्षण हुन लागेको हो ।

हेटौंडामा रहेको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले राप्ती रोडस्थित रामजानकी मेडिकल हलमा निशुल्क परिक्षण गर्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत संस्थाका अध्यक्ष विशालराज महतले जानकारी दिए ।

जटिल र नकारात्मक असरका रूपमा वृद्धि भइरहेको निशन्तानको समस्याले बिकरालरुप लिइरहेको हुँदा विशेषज्ञ डाक्टरहरुद्वारा निस्शुल्क परामर्श र परिक्षण कार्य अघि सारिएको महतले बताए ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको उक्त परिक्षण शिविरमा विशेषज्ञ डाक्टर ज्वाला थापाद्वारा चेकजाँच गरिने छ । उक्त शिविर बिहान ९ बजेदेखि ५ बजेसम्म हुने जानकारी दिइएको छ ।