बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान

तु खबर संवाददाता
२०८१ माघ २२,मंगलवार ०९:३४
file-photo

मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुख पाठकले संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच प्रदेश सभा संचालनका लागि मंगलबार बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक आज अपराह्न ३ बजे बस्ने गरी बोलाइएको हो ।

प्रदेश सभाको बैठक यही माघ २३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । सो बैठकको कार्यक्रम, सत्तापक्ष र प्रतिपक्ष दल बिचको विवाद समाधानका लागि बैठक सर्वदलीय बैठक बोलाएको उनले बताए ।

प्रदेश सभाको बैकठ यसअिघ गत माघ १८ गते बसेको थियो । बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा संसदमा पेश गर्न तयार गरिएको विभिन्न विधेयक सम्बन्धी कार्यसूची हटाइएको थियो ।