देशभरका २ लाख किशोरीलाई एचपीभी खोप लगाइयो
काठमाडौं । देशभरका २ लाखभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ ।
सरकारले मंगलबारदेखि देशभर संचालन गरेको एचपीभी खोप अभियान अन्तर्गत हालसम्म २ लाखभन्दा बढी किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार, उक्त अभियान आगामी फागुन ६ गतेसम्म संचालन हुनेछ ।
देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरलाई लगाइनेछ । १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।
अहिले सबैभन्दा धेरै महिलाहरुको मृत्युको कारण क्यान्सर रोग बनेको छ । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । सोही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेकाले सरकारले एचपीभी खोप अभियान अघि सरेका हो ।