चितवनमा निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर हात्तीको मृत्यु
काठमाडौं । चितवनको सौराहा क्षेत्रमा जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको छ ।
बस्ती छिरेर स्थानीयाई त्रसित गराउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जले विज्ञप्तिमार्फत् उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको दाबी गरेको छ ।
स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो ।
पोस्टमार्टमका क्रममा हात्तीको दाहिनेपट्टी घाँटीमा एउटा गोली लागेको कारण मृत्यु भएको पुष्टि भएको पनि जनाइएको छ ।