आज संसद बैठक बस्ने, सबै अध्यादेश निर्णयार्थ पेश हुने
काठमाडौं । संसदको हिउँदे अधिवेशन बैठक आज बस्ने भएको छ । आज संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको हो ।
जसनुसार, दिउँसो १ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे बस्न राष्ट्रिय सभा बैठक बस्नेछ ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा संसद नचलेको बेला सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ । निर्णयार्थ पेश गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइने जनाइएको छ ।
गत पौष २९ गते चार वटा र माघ २ गते राष्ट्रपतिले अर्को एउटा अध्यादेश जारी गरेका थिए । त्यसअघि पौष १४ मा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएको थियो ।
सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।