कांग्रेस र एमालेद्वारा अध्यादेशको पक्षमा उभिन ह्विप जारी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप जारी गरेको छ ।
राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन ह्विप लगाएको जानकारी दिइन् ।
उनका अुसार, कांग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई संसदमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको हो ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ । बैठकमा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
मन्त्रिपरिषदको सिफारिस बमोजिम गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
पुस २९ गते थप चार वटा अध्यादेश र माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ ।