बागमती प्रदेश सभामा प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश सभामा ‘प्रदेश लोक सेवा आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।
बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री बहादुर सिं लामाले उक्त विधेयक पेश गरेका हुन् । मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईँको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गरेका हुन् ।
यस्तै, सो बैठकमा उपसभामुख चापागाईँले उद्योग, पर्यटन तथा वातावरण समितिमा प्रदेश सभाका सदस्य शैलेन्दमान बज्राचार्यलाई मनोनयन गरेकी थिइन् । सोही बैठकले उनको स्वीकृत प्रदान गरेको छ ।
प्रदेश सभाको अर्को बैठक यही माघ २६ गते दिनको २ बजे बस्ने उपसभामुख चापागाईँले बताइन् ।