ट्रक दुर्घटनामा परेर एकको मृत्यु

तु खबर संवाददाता
२०८१ माघ २५,शुक्रबार ०९:४८
सांकेतिक तस्वीर

सुर्खेत । कालिकोटमा ट्रक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नरहरिनाथ गाउँपालिका–५, का ४५ वर्षीय गंग देउवाको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक देउवा ट्रकका साहु हुन् । नरहरिनाथको लालु भन्ने ठाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक सोही ठाउँको हलेसे भन्ने भीरमा दुर्घटना भएको हो ।

उक्त ट्रक सडकबाट साढे २ सय मिटर तल खसको थियो । ट्रक चालक भने हामफालेर बच्च सफल भएको जनाइएको छ ।