सातामा ४२ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०८१ माघ २५,शुक्रबार १८:०७

काठमाडौं । यस साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो साताको बिहीबार बजार बन्द हुँदा २६५७ बिन्दुमा पुगेको परिसूचक हिजो बिहीबार २६९९ बिन्दुमा पुगेको हो ।

यस साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन घटेको थियो । जसनुसार, आइतबार र सोमबार बजार बढेको थियो भने मंगलबार, बुधबार र बिहीबार बजार घटेको हो ।

यस्तै, यस साता कारोबार रकममा पनि तीव्र उतारचढाव देखियो । आइतबार १२ अर्ब ७५ करोडको कारोबार भएको थियो । सोमबार ११ अर्ब ७१ अर्बको कारोबार भयो भने मंगलबार ८ अर्ब ८२ करोडमा झर्यो ।

बुधबार ८ अर्ब ८५ करोडको कारोबार भएको थियो भने हिजो, बिहीबार बढेर ९ अर्ब ९५ लाखको कारोबार भएको थियो ।