सिंहदरबारमा आगोलागी
काठमाडौं । सिंहदरबारमा आज बिहानै आगोलागी भएको छ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा बिहान ९ बजेको समयमा आगोलागी भएको हो ।
उक्त आगो नियन्त्रणमा आइसकेको छ । नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने आशङ्का गरिएको छ ।सो घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।