यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८१ माघ २६,शनिबार ०९:५९

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल देशको कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने देशका अन्य भू-भागमा मौसम सफा रहने छ ।

बिहानीपख तराईका भू-भागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको र त्यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।