शिक्षक संघ मकवानपुरको जिल्ला प्रतिनिधि सभा सम्पन्न

तु खबर संवाददाता
२०८१ माघ २६,शनिबार १७:०३

मकवानपुर । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति मकवानपुरको २३ औँ जिल्ला प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार हेटौंडा उपमहानगपालिका वडा २, स्थित पल्पसा सदनमा भएको हो ।

कार्यक्रम नेपाल शिक्षक संघ जिल्ला समितिका सभापति गणेश हुमागाँइको सभाध्यक्षता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री काफ्लेले समाजमा सुशासनको आन्दोलनको अनिवार्य आवश्यकता र त्यसका लागि महत्वपूर्ण भूमिका शिक्षकको रहेको बताए । ज्ञान र शिक्षामा शिक्षकहरुको भूमिका अतुलनिय र सिमाहिन हुने बताउँदै उनले आफ्नो पहलमा हुने हरेक सहयोग गर्ने दृढता व्यक्त गरे ।

सो अवसरमा लगनशील भई शैक्षिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै मावितर्फ प्रध्यानाध्यापक राजेन्द्र थापा, निमावितर्फ प्रध्यानाध्यापक तुलबहादुर सुनार र प्रावितर्फ प्रध्यानाध्यापक घडलाल स्याङ्लानलाई सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट विद्यालयमा मावितर्फ भीमफेदी ८, स्थित पञ्चकन्या मावि, निमावि अन्तर्गत हटौंडा उपमहनगरपालिका–१ स्थित कालिका आधारभूत विद्यालय, बागमती गाउँपालिका–१ स्थित गीता आधारभुत प्रावि भोर्लेनि, स्थानीय तह अन्तर्गत बकैया गाउँ कार्यसमिति उत्कृष्ट घोषित भएको छ ।

कार्यक्रममा नेपाल शिक्षक संघको विभिन्न पदिय भूमिका निर्वाह गरि योगदान दिई शिक्षा पेशाबाट सेवा निवृत्त भएका रामकुमार अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षक संघ बागमती प्रदेश अध्यक्ष दिपक सिम्खडा, नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईँ, नेपाली काँग्रेस मकवानपुरका पुर्व सभापति तथा सल्लाहकार माइकल रामचन्द्र अर्याल, पुर्व सभापति रघुरमण न्यौपाने, संघका जिल्ला अर्थ सचिव धनबहादुर लामा लगायतको सहभागिता रहेको थियो ।