चितवनमा बस दुर्घटना, २२ जना घाइते

तु खबर संवाददाता
२०८१ माघ २७,आईतवार ०९:०४

चितवन । चितवनमा आज बिहानै बस दुर्घटना भएको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।