रुखको हाँगाले लागेर एक जनाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
तनहुँ । रुखको हाँगाले लागेर तनहुमा एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१० नयाँ गाउँमा रुखको हाागाले लागेर एक जनाको मृत्यु भएको हो ।
मत्यु हुनेमा स्थानीय ५१ वर्षीय हिराबहादुर थापा रहेका छन् । शनिबार दिउँसो घर निजकै दाउरा काट्न जाँदा रुखको हाँगाले लागेका गम्भीर घाइते भएका उनको व्यास नगरपालिका–४ दमौलीस्थित रत्नहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।