मकवानपुरको सिस्नेरीमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुर्नस्थापना गर्न माग
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
![](https://www.tukhabar.com/wp-content/uploads/2023/02/mahesh-bartaula.jpg)
मकवानपुर । नेकपा एमालेका प्रमुख सचेतक एवम् मकवानपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् महेश बर्तौलाले गत असोजमा बाढीबाट भएको क्षतिग्रस्त संरचनाको पुर्नस्थापना गर्न माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बर्तौलाले मकवानपुरको कुलेखानी जलविद्युत केन्द्रको बाँधको ढोका खोल्दा आएको बाढीबाट भएको क्षतिको पुर्नस्थापना गर्न सरकारसँग माग गरेका हुन् ।
गत असोज १० गतेदेखि १२ गते परेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत केन्द्रको बाँध भरिएर फुट्ने डरले दुई वटै ढोका खोल्दा ठूलो धनजनको क्षती भएको थियो । बाँध खोलिएपछि आएको बाढीमा परी ६ जना बाल खेलाडीको मृत्यु समेत भएको थियो ।
उनले प्राधिकरणको केन्द्रीय व्यवस्थापनले तल्लो तटीय क्षेत्रको जोखिमलाई ख्याल नपुर्याइ असाध्यै लापरवाही र गैरजिम्मेवारी ढंगबाट बाँध खोलेको भन्दै उक्त कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गरेका छन् । साथै उनले क्षति भएका संरचनाहरुको पुर्नस्थापना गर्दै स्थानीयलाई मुआब्जा वितरण गर्न समेत सरकारसँग माग गरे ।
सांसद् बर्तौलाले बाँधका ढोकाहरु खोल्दा इन्द्रसरोवरका हेभि, ठूलो चौर, ज्याम्रे सिम्रे फाँट, सुस्नेरी बजार क्षेत्रका सडक, वस्ति, प्रहरी चौकी, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरे ।