बागमती–८ को फेडेरेसन अध्यक्षमा पुलामी
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/bagamati-e1739156797115.jpg)
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ को रिटनी फेडेरेसन नेपालको अध्यक्षमा तेजबहादुर पुलामी चयन भएका छन । आइतबार भएको भेलाबाट पुलामीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै, फेडेरेसनको उपाध्यक्षमा दिनेस बिक, सचिवमा नबेन्द्र बिक, उपसचिवमा सन्तबहादुर थोकर चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः खड्क बिक, शिहलाल योञ्जन, बिष्णु राई, गोपाल सिंह दोङ, सुदिप घिसिङ लगायत रहेका छन् ।
बागमती गाउँपालिकाको फेडेरेसन अध्यक्ष महेश राईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा फेडेरेसनको निवर्तमान पालिका अध्यक्ष बाबुराम केसीलगायतको आतिथ्यता रहेको थियो ।