संघीय संसद्का दुबै बैठक आज पनि जारी रहने
काठमाडौं । संघीय संसद्का दुबै संसद्का बैठक आज पनि जारी रहने भएको छ । जसनुसार, प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक त्यसको १५ मिनेटपछि अर्थात् सवा १ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–०८१’ पेश गर्ने कार्यसूची रहेको जनाइएको छ ।
यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, राष्ट्रिय सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव र प्रस्तुत गर्नेछन् र त्यसपश्चात “मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।