हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/Arrest.jpg)
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित आइतबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–४ हाँडिखोला बस्ने २१ वर्षीय अमन प्रजा रहेका छन् ।
उनलाई हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम १ सय १० मिलिग्रामसहित पक्राउ गरिएको हो ।
उनलाई वडा प्रहरी कार्यालय सानोपोखरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।